Connect with us
Advertisement

बेलबारीको बजेट १ अर्व १३ करोड ५६ लाख

Published

on

विराटचोक ः  मोरङकाे बेलबारी नगरपालिकाले आर्थीक बर्ष ०७७÷०७८ लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया बजेट बिनियोजन गरेका छन । छैटौ नगर अधिबेशन बाट नगरपालिकाले कुल बजेटको चालु कार्यक्रम र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय ६० रुपैया र पुजिगत खर्चतर्फ ४० करोड ४ लाख १६ हजार ८ सय ५ रुपैया बिनियोजन गरेको छ ।

नगर अधिबेशनले नगरका गौरवका केहि आयोजनाहरुलाई निरन्तरता दिएको छ भने केहि नयाँ थप गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

निम्न योजनाहरुलाई नगरपालिकाले गौरवका आयोजनाका रुपमा लिएको छ ।

गरिवसँग नगरपालिकालाई निरन्तरता दिदै विपन्न परिवारलाई बस्तुगत राहत सहयोग तथा सिप क्षमता र सामान्य पुजिको अभावमा जिविको पार्जन गर्न कठिन भएका ब्याक्तिवा समुहरुलाई उद्यमशिलतामा अग्रसर गराउनका लागि १ करोड ९६ लाख ५० हजार रुपैया बिनियोजन गरीएको छ ।

कोरोनाका कारण बैदेशिक रोजगारीबाट फर्केका ब्याबसायिक सिप र क्षमता भएर पनि ब्याबसायिक उद्यममा नलागेका स्थानिय युवाहरुलाई आफनै भुभिमा परिश्रम र सहकार्य गराउदै युवाहरुलाई स्वरोजगार बनाउनका लागि १ करोड रकम बिनियोजन गरीएको छ ।

बायेर बोकाको स्रोत केन्द्र बिस्तार गर्नका लागि १ करोड २५ लाख बिनियोजन गरेको छ भने नगरपालिकाले ३ महिना भन्दा बढि समय खान नपुग्ने अति विपन्न परिवारका लागि खाध्य सुरक्षा विपत सहजताका लागि १ करोडको छुटै ब्यबस्था गरेको छ । एक वडा एक उत्पादन साहकार तुल्याउन प्रत्येक वडाले न्यूनतम ५ लाख रुपैया र वडाले नै फलफुल उत्पादनमा आत्मनिर्भर बनाउन २ लाख रुपैयाको बजेटको नगरशभा वाट छुटञयाइएको छ ।

कृषिलाई आधुनिकरण र ब्याबसायिकरण गर्न प्रोत्सान गर्दै नमुना कृषि फर्म संचालन गर्ने, चाक्लाबन्दि खेतिगर्ने, बाझो जग्गा राख्न नपाइने समेत निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । पशु स्वास्थ्य लाई प्रभावकारी बनाउनका लागि २२ जनालााई पशु प्राविधिक बनाउने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

नगरपालिकाले आफनो गौरवकै आयोजनाका रुपमा लिभ्रा कम्पनिसँगको सहकार्यमा फोहोरमैला ब्यबस्थापन, २४ करोडको लागतमा बेलबारी कम्पेल्कस, रैझार पुल ,अमना सिसौलि परियोजना, बेलबारी बहुमुखि क्याम्पस, रमिते पर्यटकिय क्षेत्र,उज्यालो बेलबारी कार्यक्रम, धनपालगढि, नगरपालिकाको भवन, सौर्य उर्जा कार्यक्रमलाई लिएको छ ।

समुह तथा सहकारी सँगको सहकार्यमा फलफुलका विरुवा उत्पादन गर्न नर्सरी स्थपना गर्ने नगरशभामा प्रस्तुत भएको निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । निति तथा कार्यक्रममा टिस्युकल्चर ल्यावको स्थपना गरी स्वस्थ बिरुवा उत्पादन गर्ने समेत उल्लेख गरीएको छ ।
स्थानिय मौलिक खानाका प्रजातिहरुलाई उत्पादन प्रबर्धन तथा बजारीकरण र ब्रान्डिङ गर्न पहल गर्ने उल्लेख गरीएको छ । फुल खेतिलाई समेत प्राथामिक्ता दिइएको छ । औपचारीक तथा अनौपचारीक कार्यक्रममा फुलको प्रयोग गर्दै आयातित खदा तथा मालालाई बिस्थापित गर्ने जनाइएको छ ।

सस्कृति तथा पर्यटन तर्फ
धनपालगढि, रमिते, अमना शिशौलि लाई पर्यटिक क्षेत्रको रुपमा विकास गर्न निरन्तारता दिएको छ भने बेलबारी प्रज्ञा प्रतिष्ठान गठन तथा संचालन गरी कला सस्कृति संरक्ष्ण तथा प्रबर्धनमा जोड दिने भएको छ । ।

सामाजिक बिकास तर्फ (शिक्षा)
स्थानिय भाषाको संरक्षण र उत्थान गर्न आदिवासि जनजातिलाई सम्मान गर्दै धिमाल,थारु,चौधरी,राजबशिं,खवास लगायततका अन्य जातिको स्थानिय भाषामा अध्यापन गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । प्रथमजाति, दलित,आदिवासि जनजाति,तथा विपन्न बर्गलाई शिक्षामा पहुच पुर्याउनका लागि छात्रबृतिको ब्यबस्थापन गर्ने , सुन्दर र हरित बेलबारीको अबधारणा सहित हरित बिद्यालय निर्माणका लागि एक बिद्यार्थी एक विरुवा अभियान संचालन गरीने ,सामुदायिक बिद्यालयमा अध्यनरत उत्पिडित असाहय सिमानत्कृत आर्थीक अबस्था कमजोर भएका अलप्सख्यक तथा जेहेृन्दार बिद्यार्थीलाई छात्रबृत्ति कोषको ब्यबस्थापन गर्दै दलित, मुसर,डोम,चमार,मुसलमान,आदि जातिका गरिव बिद्यार्थीहरुलाई गरिवसँग नगरपालिका कार्यक्रममा आबद्ध गराइने निति तथा कायक्रममा उल्लेख गरीएको छ । आगामि बर्षको अन्तसम्मा पुर्ण साक्षर नगरपालिका घोष्णा गर्ने ।

बाल बिकास केन्द्रमा शिक्षण गराउने बालशिक्षिकाहरुलाई शिक्षणमा उत्प्रेरीत गर्न पोसाक भत्तालाई निरन्तरता दिदै खाजा भत्ताको समेत ब्यबस्थापन गरी बिद्यालय कर्मचारीहरुलाई पोसाक भत्ताको ब्यबस्थापन गर्ने ।समुह सुरपरिबेक्षण तथा बिेशषज्ञ बाट २ महनिामा १ पटक बिद्यालय र शिक्षाको कक्षाको अबलोकन गर्ने नगरशभामा जनाइएको छ । एउटा छुटै स्थानिय पाठ्यक्रमको निर्माण गरी आगामि शैक्षिक सत्रदेखी लागुगरीने समेत निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

युवा तथा खेलकुद
खेल क्षेत्रलाई आकर्षीत गर्न वडा नगर स्तरीय मेयरकप फुटवललाई निरन्तरता दिदै वडास्तरीय उपमेयरकप संचालन गर्दै एक वडा एक आकर्षक खेल मैदानको नितिअनुरुप हरेक वडालाई खेलकुद जोन तोकिने नगरशभामा बताइएको छ । नगरस्तरीय राष्ट्रिय मापदन्डको रगशाला निर्माण गर्ने कार्यलाई जोड दिदै ाहिला हरुलाई आत्मसुरक्षा गर्न र आत्मविश्वास बढाउन कक्षा ८ देखी १२ सम्म छाज्ञाहरुलाई खेलकुदका माध्यमवाट किसोरी आत्म सुरक्षा कार्यक्रम लागुगरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । युवा बैदेशिक मानसिक्ता पलायनका लागि १ वडा १० युवा एक उद्यम कार्यक्रम संचालन गर्न अवश्यक प्रकृर्या तथा कानुनि आधार तयार गर्ने समेत जनाइएको छ ।

जनस्वास्थ्य
कोभिड १९ को रोकथाम नियन्त्रणका लागि नगरपालिकाले स्थानिय राजनैतिक दल निजि क्षेत्र सुरक्षा निकाय उद्योग वाणिज्यसंघ लगायत अन्य सरोकारवालाहरु लगायत प्रदेश र सघिय सरकारसँग समन्बय गरी सवै प्रकारका उपयुक्त उपायाहरु अबलब्न गर्दै होल्डीङ एरियालाई समेत ब्यबस्थित बनाइने उल्लेख गरीएको छ ।प्रथामिक्ताका आधारमा स्वास्थ्य विमा कार्यक्रमलाई समेत हेरीको छ । स्वास्थ्य विमाका लागि प्रत्येक वडामा ५ लाखका दरले बजेट समेत बिनियाजन गरीएको नगर प्रमुख सुवेदीले बताउनु भयो । ११ वटै वडामा आफनै भवन बाट स्वास्थ्य सेवा प्रदान गर्ने समेत नगरपालिकाले लक्ष्य लिएको छ केहि वडाहरुमा समेत स्वास्थ्य संस्थाको भवनहरु बनिरहेका छन ।

१५ शैयाको अस्पताल स्वास्थ्यमा सुधारका लागि नेपाल सरकारको निति अनुरुप नगर क्षेत्रमा एक अस्पताल निर्माणका लागि चालु अब देखीनै सघिय सरकार सँग गरीदै आएको पहल नतिजामा पुर्याउन बिशेष पहल गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

सबै स्वास्थ्य चौकि बाट आधारभत ल्याव संचालनमा ल्याई एउटा आधुुनिक ल्याव समेत स्थपना गर्दै नगर क्षेत्रको वर्थीङ सेन्टरमा सुत्केरीहुने महलिाहरुको लागि शिशु स्याहार भत्ता बापत प्रति सुत्केरी ५ हजार उपल्बध गराइने नगरशभामा ल्याइएको निति तथा तथा कायक्रममा उल्लेख छ ।

नगरपालिका क्षेत्रभित्र असाह्य वा बेबारीसे ब्यात्तिको मृत्यु भएमा निजको दाहाँसंकार नगरपालिकाले गर्ने तथा शब बहान समेत यसै आव बाट संचालनमा लाइने भएको छ । सर्पदश उपचार केन्द्र स्थपना गरी संचालन गर्दै नगरपालिका स्तरीय फिजियो थेरापि सेन्टर स्थपना गरीने जनाइएको छ ।

५ प्रकृतिका विरामीलाई दिदै आएको सुविधालाई निरन्तरता नगरपालिकाले दिएको छ ।

शहरीपुर्वधार बिकास भवन तथा अवाश
बिपन्नलाई छानो जस्तापाता कार्यक्रमलाई प्राथमिक्ता दिएको छ ।सार्वजनिक यातायातको ब्यबस्थापनका लागि बसपार्क निर्माण कार्यलाई प्राथमिक्ता दिइ सुरवात गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । सडक करिडोर (रिङरोड) निर्माण कार्यको सम्भाब्ता अध्यन गर्ने कार्यकको थालनि गर्दै नगरपालिकाको स्वामित्तोमा रहेका जग्गाहरुमा आन्तरीक आयबृद्धिका लागि ब्यापारीक कम्पलेक्स निर्माण गर्ने कार्यलाई थालनि गरीने उल्लेख गरीएको छ । प्रदेस सरकार सँग साझेदारी गरी शित भन्डार तथा आधुनिक बधशाला निर्माण गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । नगर क्षेत्रभित्रका सार्वजनिक स्थान चौकहरुमा खानेपानि धाराहरु तथा सार्वजनिक शौचालयहरु निर्माण जनाइएको छ ।

मुल सडक, वडा कार्यालय जोडने तथा वाक्लो आवतजावत जोडने सडकहरुको स्तरउन्नती साथै ग्रामणि कृषि सडक सुधार कार्यक्रमलाई निरन्तरता दिइने समेत उल्लेख गरीएको छ ।

खानेपानि उर्जा ब्यबस्थापन
नगरपालिकाले उज्यालो बेलबारी संचालन गरी घरधुरी सर्वेक्षणका आधारमा अतिबिपन्न परिवारलाई अध्यारोमुत्त बनाउने निति लिएको छ । ठुला प्रकृतिका सिचाइका पुर्वधार बिकास,डिपबोरीङ,स्यालो ट्युवेल जस्ता पुर्वधार विकासका लागि संघ र प्रदेश सरकार सँग समन्य गर्ने समेत नगरशभामा पेश गरीएको निति तथा कार्यक्रममा उल्लेख छ ।
२१ वटा सिमसारका रुपमा चिनिएको बेलबारीले नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न ताल पोखरी र सिमसार क्षेत्रहरुको संरक्षण गरी त्यसलाई पर्यटकिय गन्तब्य स्थल बनाउने तथा ब्याबसायिकरुपमा प्रबर्धन समेत गर्ने निति नगरपालिकाले लिएको छ ।

बन बातावरण तथा बिपद ब्यबस्थापन
निजि क्षेत्रको सहकार्यमा सडकको दुवैतर्फ वातावरण संरक्षण,हरीयाली प्रबर्धन तथा नगरको सौन्दर्य कायम गर्न बृक्षारोपण कार्यक्रम मार्फत सफा र हराभरा सडक, स्वच्छ नगरअभियान संचालन गर्ने तथा पानिको स्रोत मुहान, पोखरी, तलाउ ऐतिहासिक सांस्कृतिक तथा धार्मीक सम्पदा एवंम जैविक बिबिधताको संरक्षण गर्ने समेत निति तथा कार्यक्रममा उल्लेख छ ।

आगलागिबाट हुने क्षती न्यूनिकरणका लागि प्रभावकारी दमकल सेवाको संचालन र ब्यबस्थापन गरीने तथा बिपद न्यूनिकरण र ब्यबस्थाका लागि सबेदनशिल रहेका चिस्याङ,लोहोन्द्रा केसलिया, बेताना, सिसौलि, किस्ती, दार्लोकना ,कयर खोला, गयल खोला लगायतका सवै खोला खोल्सीहरुमा तटबन्धन र वायोइन्जिनियरिङ प्रबिधिलाई जोड दिने जनाइएको छ ।

सुन्दरहरैंचाले आ.व. ०७७।०७८ का लागि १ अर्व १९ करोड ५० लाख बजेट ल्यायो

इटहरीले ल्यायो आ.ब. ०७७÷७८ का लागि १ अर्व ७८ करोडको बजेट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

२ जेठ, २०८१ – बुधवार – आजको राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

Continue Reading

Banner

न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६

Published

on

न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६…🤔😳
मुद्दा हेर्दाहेर्दैमा राखिएको निर्णय सुनाइसकेपछि सबै खुरुखुरु बाहिर निस्किए । न्यायाधीशद्वय भट्ट र उप्रेती भित्रै थिए । सन्दीप पक्षका एकजना वकिल पनि थिए । यत्तिकैमा गौशाला-२६ की वकिल शान्ति रिसाल आफ्नी क्लाइन्ट (गौशाला २६) लाई लिएर इजलासभित्र पसिन । भित्र पस्नासाथ शान्तिले गौशालालाई केही इशारा गरिन् । त्यसपछि गौशाला २६ न्यायाधीशद्वयको अगाडि घोप्टो परेर रुन थालिन् । न्यायाधीशद्वयले सम्झाइबुझाइ गरेपछि उनी निस्किएको स्रोतले बतायो । यो घटनालाई सन्दीपका वकिलहरुले असामान्यरुपमा लिएका छन् । गौशाला २६ का वकिलहरुले फैसला आफ्नो पक्षमा पार्न न्यायाधीशहरुमाथि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको उनीहरुको आरोप छ । नेपालप्रेसबाट…
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक